Wednesday, March 23, 2016

पत्नीको नग्न तस्विर सार्वजनिक भएपछि

काठमाडौं, १० चैत । उसै त महिलाको जिन्दगी, त्यसमाथि पतिबाटै अकल्पनीय लाञ्छनाको भारी । गम्भिर कुरा त के हो भने समाजलाई सबक सिकाउने एउटा पत्रकारबाट त्यही पेसा अँगालेकी पत्नी प्रताडित छन् । यसरी कि मध्ययुगीन समाजमा पनि महिलामाथी यो तहको लाञ्छना सायदै लाग्थ्यो । कैलाली सदरमुकाम, धनगढीस्थित दैनिक अखबार ‘मर्निङबेल’ । ‘सेती साप्ताहिक’ का सम्पादक वीरेन्द्र रावलविरुद्ध काठमाण्डौ प्रहरी परिसरमा पत्नीमाथि नै विद्युतिय कारोबार ऐन आकर्षित हुने तहको अपराध गरेको सम्बन्धि जाहेरी दर्ता भएको छ । टीकापुरकी पत्रकार निशा रावललाई नाताले भिनाजु पर्ने पत्रिकाका प्रकाशकले ‘विवाह गर्छु’ भनि सँगै राखे । छोरी जन्मिएपछि पत्नि स्विकारेनन् अनि अलग्गिँदा एक्लिएकी निशालाई एमाओवादी नेता लेखराज भट्टले दासयुगिन व्यवहारको व्यवहारसम्म गरे ।  विरेन्द्र पत्नीमाथी अहिलेसम्म कसैले त्यस्तो प्रयास त गरेका छैनन् तर श्रीमान्ले दिएको असह्य पीडा खप्न नसकेर अढाई वर्षकी छोरी च्याप्दै उनी कोठमाडौमा रुँदै हिँडेकी छन् । वीरेन्द्र तीन महिनाअघि सवारी दुर्घटनामा खुट्ट ‘फ्र्याक्चर’ भई ‘बेडरेस्ट’मा छन् ।  थाहा छैन, बेडरेस्टमा रहेका उनले आफ्नै पत्नीलाई यहाँ लेख्न नमिल्ने तल्लोस्तरको भाषामा एसएमएस र इमेल लेख्न सकेका होलान् ? समस्या यस्तो हो— एमालेसम्बद्ध पत्रकार संगठन प्रेस चौतारीको राष्ट्रिय सम्मेलन नजिकिँदा संगठनका केहि अगुवाले ‘प्रेस चौतारीका साथीहरु’ नाम राखेर एउटा भाइबर ग्रुप बनाए । चुनावको मुखमा बनेको उक्त गु्रपमा दिनानुदिन सहभागिको संख्या थपिने नै भयो । वीरेन्द्रपत्नीलाई सोही संगठनका एक सचिवले उक्त गु्रपमा ‘एड’ गरे । त्यसपछि उनले आफू केन्द्रिय सदस्यको दावेदार रहेको घोषणा पनि गरिन् । यसैबीच, भाइबरमा एउटा आतंक चल्यो, अज्ञात युवतीको यौन आसनसहितको पूर्णनग्न तस्विरको । ग्रुपमा रहेका पत्रकारकै नाममा भाइबरमा फोटो पोस्ट हुने तर सम्बन्धित पत्रकारलाई आफ्नो नामबाट पोस्ट भएको फोटोबारे केहि थाहा नहुने ! फोटो ‘भाइरल’ बनेर जताततै गयो । वीरेन्द्र पनि चौतारीको कैलाली जिल्लाका दूई कार्यकाल अध्यक्ष भएका व्यक्ति । उनी पनि त्यो ग्रुपमा थिए । नग्न फोटो भाइरल बनेपछि वीरेन्द्रले उक्त फोटो आफ्नै पत्निको भनी दावि गरे । त्यस्तो दावि उनले संगठनका अध्यक्ष र महासचिवसँग पनि गरे । त्यतिसम्मले त केहि भएको थिएन, जब त्यहि कुरा भनेर उनले पत्निलाई रातदिन एसएमएस लेख्ने र इमेल पठाएर मानसिक यातना दिने गर्न थाले, त्यसपछि कुरा जटिल भयो । सामान्य मानवीय नैतिकता भएको मान्छेले दुस्मनकै पत्नी भए पनि त्यस्ता फोटोहरु फलानीको हो भन्दैन तर विरेन्द्रले आफ्नै पत्निको बेइज्जत गरे । फोटो उनको पत्नीको थिएन । पत्नीलाई पनि फोटो कसको हो र कसरी आयो भन्नेसँग चासो भएन । उनको चासो थियो, विहान, दिउँसो, राति–जतिसुकै बेला त्यो फोटोलाई लिएर पतिले दिएको यातनाबाट मुक्ति । त्यो फोटो भाइबरमा भाइरल हुनुमा पत्नीको कुनै हात थिएन । तर, वीरेन्द्रले सरोकारै नहुनुपर्ने विषयमा चाहिनेभन्दा बढि सरोकार राख्दा पत्निको फन्दामा पर्ने भएका छन् । काठमाडौ प्रहरीले वीरेन्द्रलाई उपस्थित गराउन कैलाली प्रहरीलाई पत्राचार समेत गरिसकेको छ । फागुपर्वको कारण कार्यान्वयनमा ढिलाइ भएको र पर्व सकिनासाथ आवश्यक कारबाही गर्ने कैलालीका एसपी राजेन्द्र विष्टले बताएका छन् । यो पत्रकार जोडिबिच समस्या उत्पन्न भएको लामो समय भैसक्यो । सात बर्षअघि दाम्पत्य जीवन सुरु गरेका उनीहरुबिच पहिलो वर्षबाटै समस्या सुरु भएको हो । पति –पत्नीबीच समझदारी नहुँदा सहकर्मीले मिलाउने प्रयास गरे तर मिलेन । त्यसपछि पत्नी–पतिलाई छाडि, नाबालक छोरीसहित काठमाडौ बस्न थालिन् । र, कैलाली जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा हालिन् । मुद्दा विचाराधीन छ । पतिचाँहि अहिले पनि पत्नीको नाममा दर्ता रहेको ‘मर्निङबेल’ पत्रिका सम्पादन गर्छन् । जनआस्था साप्ताहिकमा समाचार छ ।

About the Author

admin

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
video.com © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism