Saturday, March 19, 2016

एनसेलले सार्वजनिक गर्यो सस्तो भौचर योजना

 काठमाडौं, ५ चैत्र । एनसेलले नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ । बजारमै पहिलो पटक आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याएको एनसेलले भौचर कार्ड बजारमा ल्याएको छ जसले ग्राहकलाई थप सहज बनाउने कम्पनीले जनाएको छ । अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरिद गर्न सक्नेछन् ।

भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैँले लिन सक्ने छन् । भौचर कार्ड दैनिक प्याक र साप्ताहिक प्याक गरी दुई विकल्पमा उपलब्ध छ । दैनिक प्याक भौचर कार्डको कर सहित ११ रुपैयाँ पर्छ र ११ मिनेट दैनिक टक टाइम छ । साप्ताहिक प्याक भौचर कार्डको कर सहित ६० रुपैयाँ पर्छ र ७० मिनेटको ७ दिन समायावधि भएको टक टाइम छ । यी टक टाइममा एनसेलको कुनै पनि नम्बरमा फोन गर्न सकिने कम्पनीले जनाएको छ ।

About the Author

admin

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
video.com © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism